काठमाडौँ र भक्तपुरमा कोरोनाका बिरामी थपिँदा ललितपुरमा भेटिएनन्

काठमाडौं, साउन १७ । काठमाडौँ उपत्यकामा कोरोना भुसको आगो झै सल्किएका बेला प्रहरी अधिकारीहरुमा कोरोना एकपछि अर्को गर्दै देखिन थालेको छ । यसैबिच काठमाडौँमा पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा भक्तपुरमा थप एक जनामा संक्रमण पुष्टी भएको छ । पछिल्ला दिनमा काठमाडौँ र भक्तपुरमा स.क्रमितको संख्या बढीरहेका बेला ललितपुरमा भने संक्रमित तुलनात्मक रुपमा कम छन् ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकामा ६ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । त्यस्तै नेपालमा शनिबार थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको छ ।

त्यस्तै आज मात्रै देशभर थप ९३ जनाले कोरोनाका बिरामी डिस्चार्ज भएर घर फर्किएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या हालसम्म १४ हजार ४ सय ९२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा आज थप ९३ जना निको भएर घर फर्केको जानकारी दिएका हुन् । नेपालमा पछिल्ला दिनमा कोरोनालाई जितेर घर फर्किनेको संख्या बढे पनि समुदायस्तरमा भने संक्रमण फैलिन थालेको आशंका बढीरहेको छ ।

यसैबिच प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सुरक्षामा खटिएका एक सुरक्षाकर्मीमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रहरी हेडक्वार्टरमा बस्ने र सभामुखको सुरक्षामा खटिने प्रहरीमध्ये एक जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

ति सुरक्षाकर्मी ‘सभामुखको सुरक्षाका निमित्त खतिने अगुवा प्रहरी भएको सभामुखको सचिवालयले ओएस नेपाललाई जानकारी दियो । पछिल्ला दिनमा हेडक्वार्टरमा पनि कोरोना संक्रमित भेटिएपछि उनको पनि स्वाब संकलन गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । त्यस्तै नेपालमा शनिबार थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *