कोरोना संक्रमितको शव ब्यवस्थापन गर्ने विषयमा स्थानीय र प्रहरीबीच झ’ड’प, ६ राउ’ण्ड हवाई फा’यर

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा कोरोना संक्रमितको शव ब्यवस्थापन गर्ने विषयमा स्थानियले विरोध गर्दा झ ड प भएको छ । महानगरपालिकाको वडा नं। ३१, मिलनचोकमा स्थानियले शव ब्यवस्थापन गर्न नदिदा झ ड प भएको हो । प्रहरीले अवस्था नि यन्त्र ण गर्न ६ रा उ ण्ड हवाई फा यर गरेको छ ।

संक्रमितको शव ब्यवस्थापन गर्न लागेको जानकारी पाएपछि सयौंको संख्यामा मिलनचोकमा जम्मा भएका स्थानीयवासीहरुले विरोध गरेका थिए । उनीहरुले आफ्नो क्षेत्रमा शव गा ड् न नहुने भन्दै विरोध जनाएका हुन् । स्थानियको अवरोध पछि प्रहरीले हटाउन खोज्दा झ ड प भएको हो । प्रहरीले आ श्रु ग्यास र हवाई फा यर समेत गरेको छ । प्रहरीले ६ राउ न्ड आ श्रु ग्यास र ६ राउ ण्ड हवाई फा यर गरे पनि स्थानीवासी आफ्नो मागबाट पछि हट्न मानेका थिएनन् ।

कोरोनावाट निधन भएकाको शव गा ड् नका लागि २ वटा जेसिभी समेत मिलनचोक लगिएको थियो । कोरोना संक्रमितको शव व्यवस्थापनको लागि मिलनचोक पुगेको नेपाल प्रहरी, सशस्त्र प्रहरी र जेसिभि देख्ने वित्तिकै स्थानीयवासी विरोधमा उत्रेका थिए । यसअघि पनि साउन १२ गते मिलनचोकबासीको अवरोधका कारण शव व्यवस्थापनमा समस्या आएको थियो ।

स्वास्थ्य क्षेत्रका विज्ञहरुले नेपालमा लक्षणसहितको बिरामीसँगै निधन हुनेको दर पनि बढ्नथालेपछि कोरोना सं क्रम णको अवस्था थप ग म्भी र बनेको बताएका छन्। इपिडियोमोलोजी तथा रोग नि यन्त्र ण महाशाखा टेकुका निर्देशक तथा भाइरोलोजिष्ट डा।वासुदेव पाण्डेले केही दिनयता कोरानाको अवस्था ग म्भी र प्रकृतिको देखिएको बताएका हुन्।

‘पछिल्ला दिनमा झण्डै एक तिहाइमा कडा खालका लक्षण देखिएको छ। निधन हुने दर पनि बढेको छ’, उनले भने, ‘यो अलिकति ग म्भी र खालको अवस्था हो। अब झनै सतर्कता अपनाउनुपर्छ।’उनका अनुसार साउन अघिसम्म नेपालमा ९९ प्रतिशत संक्रमितमा कुनै लक्षण देखिएका थिएनन्। अहिले भने बिरामीलाई ज्वरो, रुघाखोकी, जिउ थाक्ने, श्वास फेर्न समस्या हुनेजस्ता लक्षण देखिन थालेका छन्। त्यस्तै, विभिन्न रोग भएका बिरामीलाई आईसीयूमा राखेर उपचार समेत गर्नुपरेको छ। फोटो फाईल

Leave a Reply

Your email address will not be published. Required fields are marked *