काभ्रेमा टिपरको ठ’क्करबाट दुइ दाजुभाइको मृत्यु

१७ असार, काभ्रे । टिपरको ठ’क्करबाट काभ्रेमा दुई जनाको ज्यान गएको छ ।

बुधबार धुलिखेल २ मा भएको उक्त दुर्घटनामा परी ५० वर्षीय वेदप्रसाद कोइराला र उनका ५५ वर्षीय दाजु गोवर्द्धनको मृत्यु भएको स्थानीय निरञ्जन गेलालले जानकारी दिए ।

बा ३६ प ५०५२ नम्बरको मोटरसाइकलमा सवार कोइराला दाजुभाइलाई सोही दिशातिर गइरहेको बा ४ छ ६३८३ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

वेदप्रसाद सव डिभिजन वन कार्यलय कटुञ्‍जेका वन रक्षक थिए ।

मोटरसाइकललाई ठ’क्कर दिने टिपरलाई चालकले नालीमा ख’सालेर फ’रार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *