पेट्रोल, डिजेल र मटितेलको भाउ बढ्यो

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य वृद्धि गरेको हो ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ भाउ बढाइएको छ । यस्तै, डिजेल मट्तिेलमा प्रतिलिटर २ रुपैयाँका दरले भाउ वृद्धि गरिएको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ र डिजेलको ८७ रुपैयाँ पुगेको छ ।

भारतीय आयल कर्पोरेसनले मूल्य बढाएको सूची पठाएपछि आयल निगमले पनि भाउ वृद्धि गरेको हो ।

एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमको भनाई छ । मंगलबार राति १२ बजेदेखि नयाँ भाउ लागू हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *