बिहेको दुइ दिनमै सिन्दुर पुछियो, जन्ती गएका ५१ जनामा कोरोना संक्रमण

१६ असार, काठमाडौं । नेपालमा भन्दा एक दिन ढिलो गरी भारतमा लागू लकडाउन जारी नै छ ।

भारतमा पनि सरकारले भिडभाड नगर्न आग्रह गरि नै रहेको छ ।

तर अटेर गरेर बिहे गर्दा बिहेकै २ दिनमा एक युवती बिधवा बनेकी छन् । यो खबर भारतको विहार राज्यको पटनाको हो ।

कोरोना भाइरसको जस्तो लक्षण देखिएका ३० वर्षीया बेहुलाको विवाह भएको दुई दिनपछि मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार गत जुन १५ मा सफ्टवेयर इन्जिनियरसमेत रहेका ३० वर्षीय एक युवकको विवाह भएको थियो ।

विवाह भएको दुईदिनपछि नै उनको मृत्यु भएको थियो । उनलाई कोरोना भाइरससँग मिल्दो लक्षणहरु पनि देखिएका थिए ।

तर, परिवारले अधिकारीहरुलाई खबर नै नगरी अन्त्येष्टि गरेका थिए ।

यो घटनाको पुष्टि गर्दै पटनाका डिस्ट्रिक मेजिस्ट्रेट (डीएम) कुमार रविले विवाहपछि बेहुलाको मृत्यु भएको सूचनासहितको फोन आएको सूचना आएको बताए ।

उनका अनुसार बेहुला गुरुग्रामबाट आएका थिए र उनमा कोरोना भाइरससँग मिल्दो लक्षण देखिएको थियो ।

तर, पनि परिवारले उनको कोरोना भाइरस परीक्षण गर्नुको सट्टा विवाह गरिदिने निर्णय गरे ।

विवाहपछि उनको अवस्था झन् खराब हुँदै गयो र पटनाको अस्पतालमा लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको थियो ।

प्रहरीका अनुसार यो घटना आजमगढको छतरपुर ग्रामसभाको हो । स्थानीय प्रशासनले पूरै गाउँलाई शिल गरेको छ र सो क्षेत्रलाई स्यानिटाइज गरिएको छ।

स्रोत:केटीएम दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *