अचानक उपत्यकामा कोरोना थपिएपछि स्वास्थ्यमन्त्रीले दिए यस्तो अभिब्यक्ति

काठमाण्डौं । मंगलबार पनि काठमाडौंमा १२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले काठमाडौंमा १२ जना स‌क्रमित भेटिएको पत्रकार सम्‍मेलनमा जानकारी दिए । काठमाडौं जिल्लामा ५ महिला र ७ जना पुरुषमा कोरोना पुष्टि भएको हो । यस्तै ललितपुरमा एक पुरुष र भक्तपुरमा एक महिलामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालमा अहिले सम्म देखिएका कोरोना संक्रमित मध्ये ९४ प्रतिशत विदेशबाट आएका व्यक्तिहरु रहेको बताएका छन्।

नेपाल रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले सहयोग स्वरुप उपलब्ध गराएका स्वास्थ्य सामग्रीहरु बुझ्दै ढकालले बाहिरबाट आएका व्यक्तिहरुबाट ६ प्रतिशत व्यक्तिमा स्थानिय संक्रमित देखिएको बताएका छन्।

मंगलबारसम्म देशभर १३ हजार भन्दा बढिलाई कोरोना पुष्टि भएको थियो भने ३ हजार १ सय ३४ जना कोरोना मुक्त भएर डिस्चार्ज भइसकेका छन्। हाल संक्रमितहरु निको भएर फर्कने क्रम जारी रहेकोले अहिले पनि कोरोना नियन्त्रणमै रहेको ढकालले दावी गरेका छन् ।

नेपालमा मंगलबार थप ३१६ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार मङ्गलबार सबैभन्दा बढी सुदूरपश्चिममा एक सय २१ जनामा कोरोना पुष्टि भएको छ । त्यहाँ दुई हजार चार सय ५७ सङ्क्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *