कालो नम्बर प्लेटबाट मात्र कोरोना सर्छ, रातो नम्बर प्लेटमा कोरोना सर्दैन

काठमाडौं । मंगलबार राजधानीका मुख्य मुख्य सडकमा ट्याक्सी व्यवसायीले प्लेकार्डसहित प्रदर्शन गरे । उनीहरुले ‘बैंक तथा फाइनान्सले गाडी खोस्ने अवस्था आयो सरकार ?’, ‘राज्यको दोस्रो एम्बुलेन्सको दर्जामा रहेको अत्यावश्यक सवारी ट्याक्सीको सञ्चालन गर’, ‘रोगले भन्दा भोकले मर्ने अवस्था आयो सरकार, काम गरी खानदेउ,’ ‘रातो प्लेटको निजी सवारीमा कोरोना नसर्ने,कालो प्लेटमा मात्र सर्ने यो कस्तो रोग हो सरकार’ लेखेका प्लेकार्ड ट्याक्सीमा टाँसेर र बोकेर विरोध जनाएका छन्।

ट्याक्सी व्यवसायीले बोकेको प्लेकार्ड ‘कालो प्लेटबाट मात्र कोरोना सर्छ’ नाराले सरकारलाई मात्र होइन, आमसर्वसाधारणलाई पनि गिज्याएको छ । सरकारले कोरोना भाइरस नियन्त्रण गर्न भन्दै चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो । त्यसबेलादेखि अहिलेसम्म सार्वजनिक यातायातका साधन चलेका छैनन् । तर, निजी सवारीसाधन भने निर्वाध चलिरहेका छन् । सडकमा भिडभाड नबढोस् भनेर जोरबिजोर प्रणाली लागू गरिएको छ ।

सरकारले रातो नम्बर प्लेटको गाडी निर्वाध चल्न दिएपछि कोरोना संक्रमण झन् तीव्र बढिरहेको छ । कालो प्लेटका सार्वजनिक यातायातबाट कोरोना सर्ने, तर रातो नम्बर प्लेटका गाडीबाट कोरोना नसर्ने भन्ने उनीहरूको नाराले व्यवस्थामाथि नै प्रहार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *