अभिनेता खड्काले गराए कोरोना परीक्षण

काठमाडौं, १६ असार । बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत–३’को मुख्य अभिनेता प्रदीप खड्काले आरडीटी टेस्ट गराएका छन् । विभिन्न सामाजिक कार्यमा संलग्न रहँदै आएका निर्माता/निर्देशक सन्तोष सेन र कार्यकारी निर्माता एवं सामाजिक अभियन्ता चक्र बहादुर चन्दसँगै अभिनेता खड्काले कोरोना टेस्ट गराएका हुन् ।कोरोना महामारीको समयमा पनि ‘प्रेमगीत–३’को टिमले कोरोना संक्रमित विभिन्न क्षेत्रहरुमा सक्रिय रुपमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सञ्चालन गर्नुका साथै सहयोग प्रदान गर्दै आएको छ ।

विभिन्न कोरोना संक्रमित क्षेत्रहरुमा गएर कार्यक्रमहरु सञ्चालन गरेको र कोरोनाको आशंकामा आरडीटी टेस्ट गरिएको निर्माता/निर्देशक सेनले जानकारी गराए ।गत वर्षको चैत २८ गते रिलिज गरिने भनिएको नेपाली कथानक फिल्म ‘प्रेमगीत–३’ का कोरोना महामारीका कारण रिलिज मिति स्थगन गरिएको थियो । स्थिति सामान्य भएसँगै रिलिज मिति तोकेर दर्शकमाझ उक्त फिल्म प्रदर्शनमा ल्याउने निर्माण पक्षको तयारी छ ।त्यस्तै, ‘प्रेमगीत–३’को यस समूह अर्को प्रोजेक्टको तयारीमा जुटिरहेको पनि निर्माता/निर्देशक सेनले जानकारी गराएका छन् ।

सेनको बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत–३’मा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, समृद्धि शाही ठकुरी, कृजन गौतम, जीव बराल, जीवन भट्टराई, लक्ष्मी बर्देवा, सुजल बस्नेत, राज थापालगायतको मुख्य भूमिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *