लकडाउनमा विवाह- मास्क लगाएर बेहुला जग्गेमा, सेनिटाइजरले जन्तिको स्वागत

विश्वलाई नै कोरोना संक्रमणले आक्रान्त पारिरहेको छ । एक व्यक्तिबाट अर्काे व्यत्तिमा सजिलै सर्ने भएकोले अहिले विश्व नै लकडाउनमा छ ।
तर लकडाउन भएपनि आफ्नो नियमित काममा सर्वसाधारण लागिरहेका छन् । कोरोना संक्रमणबाट बच्न सतर्कता अपनाउँदै सर्वसाधारणले दैनिकी चलाइरहेका छन् ।

सधै भिडभाड तथा उल्लासमय वातावरणमा विवाह सम्पन्न हुने गरेको भएपनि शनिबार धरान–६ स्थित पानवारीमा भएको विवाह समारोह त्यस्तो देखिएन । बेहुलाले मास्क लगाएर जन्ति लिएर आएका थिए भने सबै जन्तिले मास्क लगाएका थिए । जन्ति आएपछि गेटमा स्वागत गर्न बस्ने मध्ये अग्रपंतीमा बसेकाले सेनिटाइजरले जन्तिको स्वागत गरे ।

जन्ति मात्र होइन विवाहमा सहभागी हुन आएका आफन्त तथा छिमेकी सबैलाई अनिवार्य सेनिटाइजर प्रयोग गर्न र मास्क लगाउन दिइएको थियो । धरान–६ स्कुलडाँडा बेहुला युवराज बस्नेत करिब १० जनाको संख्यामा जन्ति लिएर किसान चोक पुगेका थिए । बेहुली सुनिता काफ्लेको घरमा भएको विवाह समारोहमा पनि थोरै मान्छे जम्मा भएर विवाह सम्पन्न गरे ।

बेहुलीका बुवा छत्र काफ्लेले भन्नुभयो –यस्तै बेला लगन जु¥यो, नजिकमा पनि धेरै मान्छेलाई निम्ता गर्न पाइएन । टाढाका आफन्त समेत अउन पाएनन् । जसो तसो विवाह सम्पन्न गरियो ।’ धरान–६ का वडाध्यक्ष भुवनसिं बस्नेतले यस्तो परिस्थितिमा विवाह सम्पन्न गर्नुपर्ने भएकोले कोरोना संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षाका उपायहरु अपनाइएको बताउनुभयो । उहाँका अनुसार विवाह घरमा उपस्थित भएकाहरुको विवरण राखिएको तथा सकेसम्म विवाहमा सहभागीहरुलाई सामाजिक दुरी कायम राख्न आग्रह गरिएको थियो ।औजारन्युज बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *