कालापानी लिपुलेकको बारेमा तत्कालिन भारतका प्रधानमन्त्रीसंग बामदेवले लिएको त्यो एक्सनले, अहिले सरकारलाइ ऐतिहासिक निर्णय लिन सजिलो

काठमाडौं । नेपाल सरकारले बिहिवार सार्वजनिक गरेको नेपालको अद्यावधिक (राजनीतिकरप्रशासनिक) नक्सा नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई हस्तान्तरण गरिएको छ । नक्सा हातमा लिएका बामदेव निकै प्रशन्न मुद्रामा देखिन्छन् । यो उनको पहिलो सपना हो । वाम एकताका सुत्राधार समेत रहेका वामदेव गौतम उनै नेता हुन् जसले पहिलो पटक सन् १९९७ मा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दरकुमार गुजरालका सामु कालापानी र लिपुलेक हाम्रो भूमी हो भन्ने आँट गरेका थिए । उनले टेवुल गरेको सो मुद्दाका कारण भारत सो भूमीलाई विवादित भूमी भन्न वाध्य भएको थियो । गुजराल नेपाल आएका बेलामा नेता गौतमले भारतले उपयोग गर्दै आएको भूमी नेपालको हो भन्ने साहस गरेका थिए । त्यसैको आधारमा सरकारलाई अहिले यो ऐतिहासिक निर्णय लिन सजिलो भएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेता गौतमलाई उनकै निवास भैसेपाटी पुगेर लिपुलेक समेत समेटेर सार्वजनिक गरिएको नक्सा हस्तान्तरण गर्दा उनले आफ्नो त्यो सपना पुरा हुने वाटोमा पुलेको खुसी अनुहारमा प्रष्ट देख्न सकिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा कालापानी लिपुलेह लगायतका नेपाली भूमी फिर्ता गर्ने यो कदम चर्चाका लागि मात्र चालिएको होइन भनेर दिएको अभिब्यक्ति पछि भारतमा अहिले चर्चा सुरु भएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले अहिले विवादित भूमीका रुपमा ब्याख्या गरेको छ । त्यो अवस्थामा लैजाने उनै गौतम थिए ।

भारतले अतिक्रमण गरेको भूमी समेटेर नयाँ नक्सा जारी गर्ने काम सरकारले गर्यो । तर त्यसमा प्रधानमन्त्री ओलीको मात्र एकल प्रयासले पक्कै पनि सफल भएको होइन । नेता गौतमले त्यसका लागि पार्टीमा आफुले प्रस्ताव राखेको भनेर जानकारी सार्वजनिक गर्दा उनको सो भनाईलाई नकारात्मक रुपमा लिएर समाचार सार्वजनिक भए । वर्षौ देखि जारी नेपाल भारत सिमा विवादको मुद्दा यसरी ऐतिहासिक निर्णयमा पुग्नु पक्कै पनि धेरै राजनीतिक नेताको भूमीका छन । भारतले अतिक्रमण गरेको भूमीमा झण्डा गाड्न भन्दै मार्च पास सहित जाने ठूलो नेता मध्य वामदेव गौतम मात्र त्यस्ता नेता हुन् । राष्ट्रवादी अडान राख्ने नेता गौतमको सानो प्रतिकृयाको पनि ठूलो चर्चा हुने गरेको छ । नेपाली मिडियामा इतिहासलाई विर्सिएर नेता गौतमको मानमर्दन हुने गरी समाचार प्रकाशन भएपछि नेकपाका केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले इतिहास प्रष्ट पार्ने कोशिष गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत नेपाली भूमी भारतीय अतिक्रमणवाट हटाउन नेता गौतमले गरेको प्रयासको अवमुल्यन गर्न नहुने विचार सार्वजनिक गरेका छन् । उनले लेखेका छन्,

“महाकालीका बारेमा विवाद उत्पन्न भएपछि आफ्नो राजनीतिलाई नै दाउमा लगाउन पछि नपर्नुभएका गौतमले नै योगेश भट्टराईको नेतृत्वमा आफ्नो विद्यार्थी संगठनलाई कालापानी मार्चमा पठाएर जनतामा ुयो हाम्रो भूभाग होु भनेर चेतना ल्याउन ठूलो खतरा मोल्नुभएको थियो, ” उनले लेखेका छन् “यो त कसैले भन्न चाहे पनि, नचाहे पनि सबैलाई थाहा भएकै कुरा भयो । ”

उनले थाहा नभएको र चर्चा नभएको कुरा चाहिँ अर्कै छ भनेर कालापानीलाई भारतसँग कुरा गरेर पहिलो पटक ुविवादित भूमिु भन्नका लागि मञ्जुर गराउने पनि नेता गौतम नै रहेको बताएका छन् । “सन् १९९७ मा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दरकुमार गुजराल नेपाल आएका बेला वार्तामा कुरा उठाएर भारतले उपयोग गर्दै आएको हाम्रो भूमि९ कालापानी र लिपुलेकलाई ुविवादित भूमिुका रुपमा भारतलाई स्वीकार गराउन लगाउने उहाँ नै भएको तथ्य अहिले भारतीयहरुले नै उल्लेख गरिरहेका छन् । उहाँकै प्रस्ताव वमोजिम गुजरालको भ्रमणपछिको संयुक्त वक्तव्यमा उक्त कुरा उल्लेख छ, उनले लेखेका छन् “ छिमेकीप्रति अलिकति सकारात्मक भावना राख्ने इन्दरकुमार गुजराललाई करिब करिब देशद्रोही जस्तै मान्ने भारतीय भावना उल्लेख भएको यस लेखमा त्यतिबेला वामदेव गौतमको प्रस्तावलाई ुहुन्नु भनिदिएको भए अहिले भारतले झमेला बेहोर्नु नै पर्ने थिएन भनेर कडिकडाउ गाली गरिएको छ ।” नेता गौतमले नेकपाको सचिवालय बैठकमा नक्शा प्रकाशनका लागि आफूले नै प्रस्ताव गरेको कुरा यसअघि नै सार्वजनिक नै गरिसकेका छन् ।

ज्बचष्कजतत्कालिन एमालेको सरकारबाट गौतमले उपप्रधान तथा गृहमन्त्री रहेका थिए । उनले त्यतिवेला प्रधानमन्त्री लोकेन्द्रवहादुर चन्दसंग पनि भारतीय पक्षले अतिक्रमण गरिएको भूमि फिर्ता गराउन कुटनीतिक पहलक गर्न दवाव दिएका थिए । यसैगरी राप्रपाका केन्द्रीय सदस्य उज्जल विक्रम थापाले पनि गौतमले भारतले अतिक्रमण गरिएको भूमि फिर्ता ल्याउने पहल त्यतिवेला नै नगरेकोले उनको योगदान विर्सन नहुने बताएका छन् ।

सामािजक सञ्जालमा उनले भारतीय प्रधानमन्त्री इन्द्रकुमार गुजरालसंग सन् १९९७ मा पनि भारतीय पक्षबाट अतिक्रमण गरिएको भूमि फिर्ता ल्याउने सवालमा सरकारको तर्फबाट उपप्रधानमन्त्री गौतमले कडा र निडर रुपमा प्रस्तुत गरेको कुरा उल्लेख गरेका छन् । उनले भारतद्धारा अतिक्रमण गरिएको भूमि फिर्ता ल्याउन यहाँसम्म आउनमा गौतमको योगदान विर्सन नमिल्ने बताएका छन् । “आफ्नो राष्टको माटो फिर्ता ल्याउने अभियानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुप लिएको छ । यहाँसम्म आउन र राष्टिय गौरवको कुरा निडर र कडा रुपमा नेपालको तर्फबाट १९९७ का भारतीय प्रधानमन्त्री आई के गुजरालको समक्षम प्रस्तुत गर्ने त्यो वेलाका नेपालका उपप्रधानमन्त्री वामदेव गौतमजी को योगदान यो देशले विर्सन मिल्दैन, ” उनले लेखेका छन्, “आज सिमा विवादको विभिन्न चरणमा नेपाल भारत बीच भएका वैठकहरु गौतमको कडा प्रस्तुत र प्रस्तावको कारण भएको हो । मेरो तर्फबाट नमन ।”

गौतमले कायम गरेको यहि इतिहासका कारण अहिले पनि भारतीय मिडियामा उनी तारो बनेका छन् । नेपाल र भारतबीच सीमा विवादको कुरा बाहिर आइरहेको वेला अहिले भारतीय मिडियाले नेपालको अतिक्रमित भूमिमा भारतीय सेना हट्नुपर्दछ भन्ने राष्टवादी आडन राख्दै आएका नेता गौतमबारे भारतीय मिडिया प्रहारमा उत्रिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *