पाकिस्तानको विमान दु’र्घटननामा परेका सबै १०७ जनाको मृ’त्यु

कराँची, (रासस/एपी) । पाकिस्तानमा शुक्रबार भएको विमान दु’र्घटनामा परी चालक दलका सदस्य सहित १ सय ७ जनाको मृ’त्यु भएको छ ।दु’र्घटनामा परेको विमानमा रहेका ९९ जना यात्रु र ८ जना चालक दलका सदस्य गरी कुल १ सय ७ जनाकै मृ’त्यु भएको भएको कराँचीका मेयर वासिम अख्तरले पुष्टि गरेका हुन् । उनले विमान ख’सेकाले कम्तीमा ५, ६ ओटा घर ध्व’स्त भएको पनि जानकारी दिए ।क्ष’ति भएको घरमा कोही मानिस थियो कि थिएन वा उनीहरुको मृ’त्यु भयो कि भएन भन्ने बारेमा पनि विवरण आउन बाँकी रहेको उनले बताए ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै दु’र्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।दु’र्घटनामा परी निधन भएका परिवारजन तथा इष्टमित्रप्रति सहानुभूति व्यक्त गर्दै उनले घ’टनास्थलमा राम्रो उ’द्धार गर्न तथा छा’नविन गर्न पनि निर्देशन दिएका छन् ।पाकिस्तानी सरकारी स्वामित्वको अन्तर्राष्ट्रिय विमान कम्पनीकोे विमान कराँचीको दक्षिणी नाकामा दु’र्घटनाग्रस्त भएको हो ।दुर्घटनाग्रस्त विमान पाकिस्तानकै लाहोरदेखि कराँचीतर्फ आइरहेको पाकिस्तानी नागरिक उड्डयन प्राधिकरणका अ’ब्दुल सतार कोखरले बताए ।विमान जिन्ना अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु अगाडि नै दु’र्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।विमान खसेका ठाउँमा बाक्लो बस्ती छ ।

मोडेल कोलनीका नाममा रहेको सो बस्तीमा वि’षेश गरेर गरीब समुदायका मानिसहरु बस्ने गर्दथे ।प्रत्यक्षदर्शीहरुका अनुसार विमान खस्नु अघि ३ पटक घुमेको थियो । विमानले अवतरण गर्न खोजिरहेको तर नसकेकोजस्तो देखिएको उनीहरुले बताए ।घ’टनास्थलमा प्रहरी, सैनिक, स्वयंसेवकलगायतलाई परिचालन गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।स्थानीय टेलिभिजनहरुले घ’टनास्थलमा आगो बलिरहेको, स्वयंसेवक तथा सुरक्षाकर्मीहरुले आगो नि’भाउन खोजेको र उ’द्धार गर्न लागिरहेको दृश्य प्रसारण गरिरहेका छन् ।कोरोनाभाइरस महामारीका कारण अवरुद्ध आन्तरिक वायुसेवा २ महिनापछि भर्खरै मात्र पुनः सञ्चालनमा आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *