‘फेक न्यूज’ भाइरल भएपछि नभिर्क अस्पतालको स्पस्टिकरण : कोरोनाको बि’रामी फेला परेकै छैनन्

कोरोना भा’इरस नेपालमा भित्रिइसकेको भनेर एक अडियो सामाजिक सन्जालमा भाइरल भइरहेको छ । नर्भिक अस्पतालमा कोरोना भा’इरस सं’क्रमित भेटिएको भन्ने ग’लत हल्ला फैलिएपछि अस्पतालले यसबारे खण्डन गरेको छ । ‘शनिवार बिहानैदेखि नै फेसवुक लगायतका विभिन्न सामाजिक सञ्जालमा नर्भिक अस्पतालमा ८ जना कोभिड–१९ का वि’रामी भेटिए भन्ने शाब्दिक एवम् भाषिक भ्रा’मक, कपोलकल्पित एवम् झु’ट्टा समाचार प्रकाशित भएको प्रति आफूहरु आश्चर्य–चकित भएको’ अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।

नर्भिकका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले राष्ट्रमा आइपरेको जटिल एवम् संवेदनशील सम’स्यामा सवै निकाय एक जुट भै समस्यासँग ल’ड्नुपर्ने आजको चुनौतीपूर्ण अवस्थामा यस्ताखाले भ्रा’मक समाचारको पछि नलाग्न अनुरोध गरेका छन् । साथै, अस्पतालले भ्रम फैलाउनेप्रति क’डा का’रबाहीको माग समेत गरेको छ ।अडियोको विषयमा नेपाल प्रहरीको साइबर व्यूरोले अनुसन्धान थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *