पिलो आएकाले धुर्मुस सुन्तलीको फिल्म हेर्न पाइनँ : दिपकराज गिरी

१४ फाल्गुन २०७६, बुधबार काठमाडौं । हास्य कलाकार तथा निर्देशक दिपकराज गिरीले सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको चलचित्र सेन्टी भाइरस पिलो आएको कारणले हेर्न नपाएको प्रष्टीकरण दिएका छन् । गत आइतबार चलचित्र ‘सेन्टी भाइरस’को बिशेष शो आयोजना गरिएको थियो । धुर्मुस सुन्तली र उनको समुहलाई बधाई दिन गएको जानकारी दिँदै उनले पिलो आएकाले बस्न बस्न नमिल्ने भएपछि चलचित्र नहेरी धुर्मुस र विल्सन बिक्रम राईलाई जानकारी दिएर फर्किएको बताएका छन ।

आइतवार उनी हास्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ ले अभिनय गरेको फिल्म ‘सेन्टी भाइरस’ हेर्न कुमारी हलमा पुगेका थिए । फिल्म हेर्नु अगाडि दीपकराजले ‘धुर्मुस’ लाई अंकमाल गरेर फिल्म सफलताको शुभकामना दिए । ‘धुर्मुस’ को आग्रह स्वीकार गर्दै ‘सेन्टी भाइरस’ हेर्न हल पुगेका उनी साँझको साढे ६ बजेपछि कुमारी हलको आँगनमा फिल्मकर्मीहरुसँग कुराकानीमा व्यस्त थिए । तर, जब फिल्मको शो सुरु भयो र निमन्त्रणा गरिएका अतिथीहरु हल झिरे तब उनी लुसुक्क हलबाट बाहिरिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *