पूर्व मिस नेपाल श्रृंखलाले स्वीकारिन् सिशनसँगको प्रेम

काठमाडौं– पूर्व मिस नेपाल श्रृंखला खतिवडा र भ्लगर सिशन बानियाबीच प्रेम सम्बन्ध रहेको चर्चा सुरु भएको लामै समय भइसक्यो। उनी मिस नेपाल भएपछि मिस वर्ल्डमा देखाउने मल्टिमिडिया स्टोरी बनाउने क्रममा नजिकिएका उनीहरु विदेश भ्रमणमा प्रायः सँगै देखिने गरेका थिए। टर्की भ्रमणताका यी दुवैको तस्बिर सार्वजनिक भएदेखि नै उनीहरुको प्रेममा रहेको शंका गरिएको थियो।

इन्स्टाग्राममा सिशनले श्रृंखलासँगको तस्बिर राखेका थिए। तर यी दुवैले सार्वजनिक रुपमा आफ्नो सम्बन्धबारे बोलेका थिएनन्। प्रेम दिवसको मौका पारेर श्रृंखलाले सार्वजनिक रुपमै सिशनसँगको सम्बन्ध इन्स्टाग्राम मार्फत नै स्वीकार गरेकि छन्। उनले इन्स्टाको स्टोरीमा सानो भिडियो क्लिप राखेर ‘एक्साइटिङ डेट फर अस’ लेखेकी छन् र भिडियोको पछाडि बिस्तारै सिशन देखा पर्छन्।

पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा र भ्ल्गर सिसन बाँनियाको प्रेम चर्चा चलेको केही समय भयो । विशेषगरि, श्रृङ्खला मिस नेपालको प्रतिस्पर्धामा सहभागी हुँदै गर्दा उनलाई सिसनले खुबै साथ दिएका थिए । यसपछि, श्रृङ्खला र सिसनको प्रेम चर्चा सुरु भएको थियो ।

तर, सिसन र श्रृङ्खलाले आफ्नो प्रेम स्विकार गरेका थिएनन् । सामाजिक संजाल र मिडियामा लामो समयदेखि यी दुइको प्रेमको खबर सार्वजनिक भएपनि यी दुई मौन नै थिए ।

तर, प्रेम दिवसको अवसर पारेर श्रृङ्खलाले सिसनसँगको प्रेम स्विकार गरेकी छिन् । श्रृङ्खलाले लुक्ला पुगेर सार्वजनिक गरेको एक भिडियोमा भनिएको छ–‘सबैलाई प्रेम दिवसको शुभकामना । हामी निकै नै रोमाञ्चक डेमा छौ ।’

श्रृङ्खलाको यो भिडियोको पछाडि सिसन मुस्कुराएका छन् । श्रृङ्खलाले घुमाउरो शैलीमा सिसनसँगको प्रेम स्विकार गरेको वुझ्न सकिन्छ । सायद, यो जोडीले प्रेम स्विकार गर्नका लागि प्रेम दिवसलाई नै कुरेको हुनुपर्छ ।

दीपकले कसलाई भने ‘फटाहा कुरा नगर्नुहोस्’ ?

निर्माता तथा कलाकार दीपकराज गिरीले एक निर्मातालाई फटाहा कुरा नगर्न आग्रह गरेका छन् । सामाजिक संजालमा स्टाटस लेख्दै उनले भनेका छन्–‘यस बर्ष रिलिज भएको एक चलचित्रका निर्माताले अन्र्तवार्तामा आफ्नो चलचित्रले १८ करोड व्यापार गरेको दाबी गरेछन् । यस्तो फटाहा कुरा नगर्नुहोस् । भोली कर कार्यलयले भ्याट कती वुझाउनु भयो भनेर प्रश्न गर्यो भने के गर्नुहुन्छ ?’

दीपकले अगाडि लेखेका छन्–‘संकटमा भएको उद्योगलाई झन् संकटमा किन पार्नुहुन्छ ? ९ करोड हो भने ९ करोड भने भैगोनी । गलत डाटा दिएर अनावश्यक आँखाको तारो नहोऔ ।’

दीपकले चलचित्रको व्यापार ९ करोड भएपनि निर्माताले १८ करोड भनेर गलत आँकडा दिएको उल्लेख गरेका छन् । यो बर्ष रिलिज भएका चलचित्रमा ‘जात्रै जात्रा, कबड्डी ३ र छक्का पन्जा’ले मात्र लोभलाग्दो कमाई गरेका थिए । दीपकको यो स्टाटस ‘कबड्डी ३’का निर्मातामाथि लक्षित रहेको वुझ्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *