वामदेव गौतम र मुख्यमन्त्री पोखरेलले यसरी मनाए भ्यालेन्टाइन डे…

काठमाडौं : आज फेव्रूअरी १४ भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । यो दिवसका अवसरमा विशेषगरी आपसमा प्रेम साटासाट गरेर मनाउने गरिन्छ ।केही वर्ष पहिले सम्म नेपालमा नयाँ र तन्नेरी *पुस्ताले मात्रै मनाउने यो दिवस पछिल्लो समय सबै उमेर समुहका मानिसहरुले मनाउन थालेका छन् ।

युवा, विद्यार्थी, चलचित्रकर्मी हुदै अहिले* राजनीतिककर्मीले समेत यो दिवसलाई महत्त्व दिन थालेका छन् । भ्यालेन्टाइन डे का दिन आज शुक्रबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफ्नी धर्मपत्नीलाई गुलाफ दिएर भ्यालेन्टाइन डे मनाएका*छन् ।गौतमले श्रीमति तुलसी थापा गौतमलाई गुलाफ दिएको तस्वीर उनका छोरा हरिस गौतमले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन् । त्यस्तै ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पनि भ्यालेन्टाइन डे मनाएका छन् ।

मुख्यमन्त्री पोखरलेलले पनि सामाजिक सञ्जाल फेसबुकमा राख्दै प्रेम जीवनको*अभिन्न अंग भएको बताएका छन् । ‘प्रेम जीवनको अभिन्न अंग हो । दिवसमा कसरी सिमित बन्न सक्ला र ! तरपनि शुभकामना’ पत्नी सुजाता शाक्य र आफ्नो तस्वीर राखेर पोखरेलले शुभकामना दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *