आयुष्मानसंग दोश्रो बिवाह गर्न लागेकी प्रियंकाको बिहे टर्‍यो

आयुष्मानसंग दोश्रो बिवाह गर्न लागेकी प्रियंकाको बिहे टर्‍यो

काठमाडौ। अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी एकअर्काको प्रेममा रमाउन थालेको तीन वर्ष हुनलाग्यो । उनीहरु प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागिपरेको पनि एक वर्ष बढी भैसक्यो । तर, दुई पटक इन्गेजमेन्ट भैसक्दा पनि विवाहको मिति जुर्न सकेको छैन । यो जोडी यस वर्षको असार नकटाउने तरखरमा थिए । तर, विभिन्न कारणले सम्भव हुन सकेन ।

प्रियंका र आयुष्मानको इन्गेजमेन्ट हुँदा अभिनेत्री ऋचा शर्माको विवाहको कुनै सुरसार नै थिएन । तर, उनले गुपचुप रुपमा इन्गेजमेन्ट र तामझामका साथ विवाह गरेर भव्य रिसेप्सन पार्टी समेत दिइसकिन् । उनको विवाह र पार्टी दुबैको साक्षी बनेकी अभिनेत्री प्रियंकाको भने अहिलेसम्म विवाहको मिति जुर्न सकेको छैन । उनले यो वर्ष आफूहरुको विवाह नहुने बताएकी छन् ।

ऋचाको रिसेप्सन पार्टीमा चिसिँदो काठमाडौंको मौसमलाई चुनौती दिँदै खरानी रंगको साडी र घाँटीतर्फको भाग धेरै खुलेको ब्लाउजमा पुगेकी उनले आफ्नो विवाहको बारेमा पनि मुख खोलिन् । उनले भनिन्, ‘यो वर्ष नै विवाह गर्ने तयारी थियो । तर, हामी दुबैतर्फको आफन्तहरुको समय नमिलेका कारण हुन सकेन । एकपटक सरेपछि दोस्रो साइत जुराउन गाह्रो भएको छ ।’

उनले अब अर्को वर्ष मात्र विवाह हुने बताइन् । ऋचाको रिसेप्सन पार्टीमा प्रियंका आमाको साथमा पुगेकी थिइन् । तर, आयुष्मान भने उपस्थित थिएनन् । दुईलाई पार्टीमा एकसाथ नदेख्दा उनीहरुको सम्बन्धमा दरार आएको हुनसक्ने अड्कल काटिएको छ । तामझामका साथ दुईपटक इन्गेजमेन्ट भैसके पनि विवाह हुन नसक्दा अब उनीहरुको विवाह हुनेमा धेरैको शंका छ ।

प्रियंकाले आयुष्मानलाई भनिन्, ‘तिम्रो ओठमा दैनिक चुम्बन गर्नु मेरो सबैभन्दा प्रिय काम’ नायिका प्रियंका कार्कीले आफूलाई सबैभन्दा मनपर्ने ६ प्रिय कामको सूची तयार गरेकी छिन् । केहि दिन अघि आफ्नो इन्स्टाग्राम अकाउन्टमा उनले प्रेमी आयुष्मान देशराज श्रेष्ठ जोशीसँगको तस्बिर पोष्ट गर्दै यसबारे लेखेकी छिन् । उनले लेखेकी छिन्, ‘मलाई यी कुरा गर्न सबैभन्दा धेरै मनपर्छ । १. तिम्रो हात समात्नु । २. तिम्रो जोक्समा हाँस्नु । ३. तिमी सँगसँगै हिँड्नु । ४. सोफामा आरामले सँगै सुत्नु । ५. तिम्रो आँखामा हेर्नु । ६. र तिम्रो ओठमा दैनिक चुम्बन गर्नु ।’ उनको यो पोष्टमा प्रेमी आयुष्मानले पनि प्रतिक्रिया दिएका छन् । उनले कमेन्ट बक्समा लेखेका छन्, ‘वाह ! आइ लभ यु’ प्रियंकाको पोष्टमा धेरै जनाले कमेन्ट गरेका छन् ।

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *