सधैका लागि अस्ताए नेपालका चर्चित कलाकार दीपक क्षेत्री, शुक्रबार साँझ एक फिल्मको स्वरांकन सकेपछि घर गएर चुक्कुल लगाएर सुतेका क्षेत्रि उठेनन्

सधैका लागि अस्ताए नेपालका चर्चित कलाकार दीपक क्षेत्री, शुक्रबार साँझ एक फिल्मको स्वरांकन सकेपछि घर गएर चुक्कुल लगाएर सुतेका क्षेत्रि उठेनन्

कलाकार दीपक क्षेत्री आफ्नो घरमा सुतेको अवस्थामा मृत भेटिएका छन् । ५८ वर्षका उनको मृत्यु हुनुको कारण भने खुलेको छैन । अहिले उनको शव महाराजगंजस्थित त्रि.बि. शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । श्रीमती विपना बस्नेत (नक्कली हिशिला यमी) छोरीसँग मलेशियामा भएका कारण कलाकार क्षेत्रीको आइतबार मात्र अन्त्येष्टि गरिने जानकारी प्राप्त छ ।

‘शुक्रबार साँझ एक फिल्मको स्वरांकन सकेपछि उहाँ (दीपक क्षेत्री) डिल्लीबजारमा रहेको घरमा आफ्नो कोठाको चुक्कुल लगाएर सुत्नु भएको रहेछ,’ कलाकार केसीले बताएका छन्, ‘शनिबार बिहान उहाँको छोराले धेरै प्रयास गर्दा पनि कोठा नखुलेपछि प्रहरीलाई बोलाएर ढोका फोडेर हेर्दा उहाँलाई मृ’त अवस्थामा भेटिएको थियो ।’

चिसो र सुत्नुभन्दा अगाडि अत्यधिक म’दिरा से’वन गरेका कारण कलाकार क्षेत्रीको निधन भएको हुनसक्ने कलाकार आशंका गरिएको छ । गएको वर्ष स्वर नलीमा मासु पलाएका कारण स्वर गुमाएका थिए । उनको केही समय अगाडि शल्यक्रिया गरिएपछि स्वास्थ्य लाभ गरेका थिए ।

लामो समय पर्दाबाहिर रहेका उनी पछिल्लो पटक सुपरहिट फिल्म ‘छ माया छपक्कै’ मा देखिएका थिए । कलाकार क्षेत्रीले सयभन्दा नेपाली चलचित्रमा अभिनय गरेका छन् । उनी चलचित्रमा खलनायक र चरित्र अभिनेताको रुपमा अभिनय गर्दथे ।

दर्जनौं नेपाली फिल्ममा खलनायक र चरित्र कलाकारका रुपमा अभिनय गरेका कलाकार दीपक क्षेत्रीले सयभन्दा बढी फिल्ममा अभिनय गरेका छन् । जुनसुकै भूमिकामा जीवन्त अभिनय गर्न सक्ने खुबी भएका उनले ‘जीवनदान’, ‘सिमाना’, ‘सेतो सूर्य’, ‘राज्जा रानी’, ‘मसान’, ‘झोला’ लगायतका फिल्ममा अभिनय गरेका छन् । हरेक फिल्ममा उनको अभिनयको निकै प्रशंसा हुने गर्दथ्यो ।

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *