संसारका शक्तिशाली महिलामा साउदी महिला

संसारका शक्तिशाली महिलामा साउदी महिला

एजेन्सी। साउदी अरेबियाकी पहिलो महिला सिइओ विश्वभरका शक्तिशाली १ सय महिलाको फोर्ब्स सूचीमा परेकी छन् ।

साम्बा फाइनान्सियल ग्रूपको सिइओ रनिया नाशरलाई फोब्र्सले दोस्रो पटक शक्तिशाली सूचीमा राखेको हो । १ सय महिलामध्ये उनी यसपटक ९७औं लिस्टमा परेकी हुन् ।

शक्तिशाली महिलाको पहिलो नम्बरमा १६ वर्षीया ग्रेटा थम्बर्ग छिन् । ग्रेटा जलवायु परिवर्तन अभियन्ता हुन् । यस सूचीमा यूएइका राजा एसा अल गर्ग ८४औं नम्बरमा छिन् । जर्मन चान्सलर एन्जेला मर्केल भने १० उत्कृष्टमा परेकी छन् ।

यो पनि पढ्नुहोस: काठमाडौ। अमेरिकी सरकारले कामदार भिसाको आवेदन डीभी लोटरी जसैगरि भर्न मिल्ने भएको छ । कामदारका लागि अमेरिकाले डीभी लोटरी जस्तै आवेदन लिएर भिसा दिने भएको हो । अमेरिकी सरकारले एचवानबीका लागि पनि अब डिभी लोटरीजस्तै विद्युतीय रुपमा दर्ता गरेर श्रमिक लिने भएको छ ।

आवेदन आगामी मार्च १ देखि खुल्नेछ भने मार्च २० सम्म भर्न पाइनेछ । कामदार भिसा एचवानबीमा दर्ता गर्नका लागि १० डलर दर्ता शुल्क तिर्नुपर्नेछ । गत नोभेम्बरमा अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अन्तिम नियम प्रकाशित गर्दै कामदार भिसा एचवानबीका लागि दर्ता शुल्क १० डलर लिने जानकारी दिएको थियो ।

यो बर्षदेखि अमेरिकी सरकारले एचवानबी कामदार भिसामा नयाँ नियम ल्याएको हो । विद्युतीय रुपमा दर्ता हुने बाहेक अरु नियम सन् २०१९ देखि नै लागु गरिएको थियो । यसैबर्षदेखि लागु नयाँ नियमले अमेरिकन डिग्री नलिएका विदेशी कामदारलाई अमेरिका आउन थप मुस्किल बनाएको छ ।

तर अमेरिकन डिग्री होल्डरका लागि भने विगतको तुलनामा निकै सहज बनाएको छ । अमेरिकी सरकारले अमेरिकामा नै डिग्री लिएकाहरुलाई प्राथमिकता दिनेगरी कामदार भिसाको नयाँ नियम ल्याएको हो ।

एचवानबीमा दर्ता भएका श्रमिकको आवेदनहरुलाई लोटरीको माध्यमबाट छनोट गरिने छ । त्यसपछि छानिएका आवेदनहरुमध्येबाट थप अन्य प्रक्रिया सुरु हुने बताइएको छ ।

श्रमिकले भने भिसाका लागि भने रोजगारदाता कम्पनी खोजेर आवेदन दिनुपर्ने भएको छ । आवेदनबाट छनौटमा परेका श्रमिकले भने अमेरिकी रोजगारदाता कम्पनीमा सिधै सम्पर्क गर्ने सकिने जनाइएको छ ।

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *