कुकुरकै कारण निक र प्रियंकाबीच झ’गडा

कुकुरकै कारण निक र प्रियंकाबीच झ’गडा

वासिङ्टन। बलिउड अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोन्सले हालै एक तस्बिर इन्सटाग्राममा सार्वजनिक गरे । जर्मन सेफर्डसँग खिचिएको त्यो तस्बिर भाइरल पनि भयो । जहाँ त्यो कुकुरको नाम थियो, गिनो जोन्स।

निकका भाइले भनेका छन्, ‘गिनो परिवारलाई विभाजन गर्ने कारण बन्दैआएको छ ।’ निकले भने गिनोको समेत इन्स्टाग्राम ह्यान्डल बनाएर त्यसबाट पनि तस्बिर सार्वजनिक गर्दैआएका छन् । यतिसम्म कि, उनको गिनोको पनि इन्स्टाग्राम छ । जहाँ ३ लाख भन्दा धेरै फलोअर्स छन् ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार प्रियंका निकसँग कुकुरकै कारण रिसाउँछिन् । यो कुरा निकले पनि सार्वजनिक गरेका छन् । उनीहरुबीच झगडा समेत सोही कुकुरका कारण पर्ने गरेको छ ।

यो पनि पढ्नुहोस: काठमाडौ। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कालापानीमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी पठाउने बताएका छन् । शुक्रवार बसेको संसदको अन्तर्राष्ट्रिय समितिको बैठकमा बोल्दै बादलले नेपालको भूमि हुँदै कालापानी जान सक्ने स्थिति नभएकाले त्यहाँ बाटो बनाउने र सुरक्षाकर्मी पठाउने बताएका हुन् ।

‘सीमा सुरक्षाको जिम्मा गृहमन्त्रालय मातहतको सशस्त्र सुरक्षा बलको हो,’ उनले भने, ‘कालापानीसम्म नेपालकै भूभाग भएर जाने बाटो बनाउनुपर्ने छ । त्यसका लागि हामीले सुरक्षाकर्मी पठाउँछौं ।’ बादलले सीमा सुरक्षा बढाउनका लागि थप ७० वटा बीओपी थप्ने सरकारले निर्णय गरेको बताए ।

बैठकपछि समितिले समितिले लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्तालगायतका नेपाली भूमि समावेश गरी नेपालको नक्सा अविलम्ब जारी गर्न सरकारलाई निर्देशन दिएको छ ।

बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा रहेका भारतीय सुरक्षा फौज फिर्ता गरी नेपालको भौगोलिक अखण्डताको रक्षा गर्न र भारत सरकारसँग आवश्यक तहमा वार्ता गर्नसमेत नेपाल सरकारलाई निर्देशन दिने निर्णय गरेको हो ।

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *