अक्षले श्रीमती ट्वींकललाई गिफ्ट दिए अनौठो गहना, भाइरल भइरहेछ तस्वीर

अक्षले श्रीमती ट्वींकललाई गिफ्ट दिए अनौठो गहना, भाइरल भइरहेछ तस्वीर

मुम्बइ। बलिउड स्टार अक्षय कुमार आउँदै गरेको फिल्म गुड न्यूजको प्रचारमा व्यस्त छन् । फिल्मको प्रचारको लागि उनी कपिल शर्माको शेमा पनि जाँदैछन् । शोको लागि अक्षयले सुटिङ पूरा गरिसकेका छन् । कपिलको शोबाट घर फर्किंदा अक्षयले पत्नी ट्वींकलको लागि विशेष गिफ्ट लिएर आए । यो गिफ्ट ट्वींकललाई निकै मन पर्यो । गिफ्ट अरु केही नभएर प्याजको गहना थियो

ट्वींकलले इन्स्टाग्राममा गहनाको फोटो शेयर गर्दै लेखिन् ‘मेरा पार्टनर द कपिल शर्मा शोको सुटिङ सकेर आए र भने ‘उनीहरु करिनालाई यो इयररिंग देखाइरहेका थिए । मलाई उनी यसबाट धेरै इम्प्रेस भएको जस्तो लागेन । तर मलाई लाग्यो तिमी यो देखेर खुसी हुनेछौ । मैले यो तिम्रो लागि लिएर आएँ ।’ कैयौं पटक साना साना कुराले पनि तपाइँको मन छुन्छन् ।’ सामाजिक संजालमा प्याजको गहनाको फोटो भाइरल भइरहेको छ । अहिले प्याजको बढिरहेको मूल्य चर्चाको विषय बनेको छ । संसददेखि सामाजिक संजालमा यसैको चर्चा छ ।

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *