सलमानका फ्यानहरुका लागि दु:खद खबर : देखियो यस्तो गम्भीर स्वास्थ्य समस्या

सलमानका फ्यानहरुका लागि दु:खद खबर : देखियो यस्तो गम्भीर स्वास्थ्य समस्या

काठमाडौ । चर्चित बलिउड अभिनेता सलमान खानको स्वास्थ्यमा गम्भीर समस्या आएको छ । ‘बिग बोस सीजन १३’ को धेरै चर्चा भइरहेको छ । कार्यक्रमको राम्रो टिआरपीको कारण, निर्माताहरूले पनि यसलाई पाँच हप्ता थप गर्ने निर्णय गरेका छन् । बिग बोस फेब्रुअरीमा समाप्त हुनेछ । कार्यक्रमको लगातार शुटिङ्ग र अन्य धेरै कुराहरुका कारण कार्यक्रम प्रस्तोता (होस्ट) सलमान खानको स्वास्थ्य खराब हुँदै गएको छ ।

उनी अहिले कार्यक्रममा अलि रिसाएको जस्तो पनि देखिन्छन् । उनले कैयौं पटक कार्यक्रम छोड्ने कुरा पनि गरेका थिए । हाल बाहिर आएको जनकारी अनुसार, स्वास्थ्य समस्याका कारण सलमानको परिवारले पनि सलमानलाई कार्यक्रम छोड्न आग्रह गरेको छ । सलमान ट्राईजेमिनल न्यूरलजियाका रोगी छन् । डेकन क्रोनिकलमा प्रकाशित रिपोर्टका अनुसार स्रोतसँगको अन्तर्वाता क्रममा उनले आफु ट्रिजेमिनल न्यूरलजियाले ग्रस्त भएको बताएका थिँए ।

यस रोगले गर्दा अनुहारको मांसपेशीहरु एकदमै दुख्ने हुन्छ । यस्तो अवस्थामा, जब सलमान शोका सहभागीहरुसंग रिसाउँछन् त्यो उनको स्वास्थ्यको लागी हानीकारक भएको बताइएको छ । सलमानले विगत केही सीजनहरूमा शो छोड्ने कुरा गरिरहेको थिए ।

तर प्रत्येक पटक च्यानल र निमाताहरुले उनलाई मनाउँदै आइरहेको छ । यस पटक भने सलमान शो छोड्ने लगभग पक्का भएको छ । सुटिङ्गको क्रममा उनका घनिष्ठ मित्रहरूले पनि निर्माताहरूलाई सलमानलाई धेरै तनाव नदिन निर्देशन दिएका छन् ।

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *