डेंगु फैलाउने लामखुट्टे मा’र्न आफैं मेसिन लिएर टोलटोलमा पुगे पुर्वमन्त्री बस्नेत

डेंगु फैलाउने लामखुट्टे मा’र्न आफैं मेसिन लिएर टोलटोलमा पुगे पुर्वमन्त्री बस्नेत

काठमाडौं । नेपालमा अहिले डेंगुको महामारी फैलदै गएको छ । उपत्यकाभित्रै महामारीको रुप लिइरहेका बेला भक्तपुरमा भने पूर्वमन्त्री तथा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद महेश बस्नेत आफैं लामखुट्टे मार्ने मेसिन लिएर बस्तीभित्र पस्नु भएको छ ।

सांसद निर्वाचित भएदेखिनै हनुमन्ते खोला सफाइ अभियान चलाउँदै आउँनु भएका नेकपाका युवा नेता तथा सांसद बस्नेत सोमवारदेखि मेसिन लिएर विषादी छर्किदै हिँड्न थाल्नु भएको छ ।

उहाँ बुधवार डेंगुविरुद्धको अभियानमा लामखुट्टे सखाप पार्ने मेसिन लिएर मनहराको सुकुम्बासी बस्तीमा पुग्नु भएको छ । कोरियन कम्पनीबाट निर्मित दुईवटा मेसिन यो अभियानमा प्रयोग गरिएको बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा मेसिनको एक लाख २५ हजार रुपैयाँ पर्छ ।

मेसिनमा पानी र लामखुट्टे मार्ने औषधिको मात्रा मिसाएर प्रयोग गरिएपछि धुँवा निस्कन्छ र सो धुँवाको कारण लामखुट्टे मात्र नभएर भुसुना र अन्य घातक किराहरु पनि मर्ने गर्छन । सांसद बस्नेत आफ्नो क्षेत्रमा डेंगु फैलिन नदिन विहानैदेखि मेसिन बोकेर हिड्ने गर्नुभएको छ ।

यसमा डिजेल, पेट्रोल र जिभ्यान नामक किटनाशक औषधि मिसाएर ‘गन स्प्रे’ गरिन्छ । तीन दिनदेखि आफुहरुले मेसिन लिएर लामखुट्टे बढि हुने बस्ती, पानी जमेका ठाउँ,मोटर ग्यारेज, टायरहरु भएको ठाउँमा पुगिरहेको बस्नेतले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘स्थानीय साथीहरुले आग्रह गरेकाले धेरैजसो ठाउँमा म आफैं गइरहेको छु । यो निकै प्रभावकारी भएको छ ।’ सरकारलाई गाली गर्ने भन्दा हरेक सचेत नागरिकले आफ्नो ठाउँबाट उठेर सहयोग गर्नुपर्ने उहाँले जानकारी दिनुभयो ।

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *