सल्यानबाट दुई बालिका एक हप्तादेखि बेपत्ता..

सल्यानबाट दुई बालिका एक हप्तादेखि बेपत्ता..

सल्यान– बनगाड कुपिण्डे नगरपालिका–१० का दुई जना बालिका एक हप्तादेखि बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा माझकाँडाका १३ वर्षीया खिमा ओली र १३ वर्षीया नै प्रतिमा बटाला गएको एक हप्तादेखि बेपत्ता भएका हुन् ।

गएको भदौ १९ गते बेलुका घरबाट निस्किएको र त्यसपछि घर नफर्किएको खिमाका बुवा अम्बर ओलीले बताउनु भयो । उनीहरु घरबाट बेलुका ७ बजेतिर निस्किएको अभिभावकले बताएका छन् । दुबै बालिका स्थानीय भगवती आधारभूत विद्यालयमा कक्षा ७ र ६ मा अध्ययनरत थिए ।

बालिकाहरुको खोजी गरिदिन भन्दै अभिभावकले बनगाड प्रहरी चौकी बालुवासँग्रहीमा भदौ २२ गते हुलियासहित निवेदन पेस गरेका छन् । हराएका दुई जना बालिकाको खोजी कार्य भैरहेको बालुवासँग्रहीका प्रहरी इञ्चार्ज दिपक शाही ठकुरीले जानकारी दिनुभयो ।

(स्रोत:ऊज्यालो अनलाईन)

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *