निष्पक्ष छानबिन होस, शालिकरामको परिवारले समेत न्याय पाउनुपर्छ – धुर्मुस

निष्पक्ष छानबिन होस, शालिकरामको परिवारले समेत न्याय पाउनुपर्छ – धुर्मुस

काठमाडौं । कलाकार तथा अभियन्ता सीताराम कट्टेल धुर्मुसले चितवनमा मृ*त फेला परेका पत्रकार शालिकराम पुडासैनीको परिवारले न्याय पाउने गरी निष्पक्ष छानबिन हुनुपर्ने धारणा राखेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबूकमा आफ्ना धारणा सार्वजनिक गर्दै सबैको आवाज निष्पक्ष छानबिन भएकोमा जोड दिएका छन् । ‘सबैको आवाज दो*षी नउम्कियोस्, निर्दोष नफसोस् भन्ने नै हो, पत्रकार स्व. शालिकराम पुडासैनीको आ*त्म*ह*त्यासँगै भ*ष्ट्राचार, अन्या*य, ढिलासुस्ती र अनियमितताका वि*रुद्ध र दुःखीपी*डितहरुको पक्षमा वकालत गर्ने निर्भिक व्यक्तित्व रवि लामिछाने दाइ अनुसन्धानका लागि प*क्राउ परेपछि उत्पन्न परिस्थितिले हामी सबै दुःखी बनेको अवस्था हो,’ उनले भनेका छन् ।

कट्टेलले घ*टनालाई अतिरञ्जित नबनाई सत्यतथ्य रुपमा छिटोभन्दा छिटो सार्वजनिक गर्न पनि आग्रह गरेका छन् । उनले भनेका छन्, ‘आशा गरौँ, शालिकराम पुडासैनीको परिवारले समेत न्याय पाउने वातावरण सिर्जना गर्न अनुसन्धानमा अब्बल मानिने नेपाल प्रहरी सफल हुनेछ र सत्यको जीत हुनेछ ।’

पत्रकार शालिकराम पुडासैनी चितवनको कंगारु होटलमा झु ण्डि*एको अवस्थामा श*व फेला परेका थिए । उनले आ*त्म*ह*त्या गर्नु पूर्व रेकर्ड गरेको भनिएको भिडियोमा रवि लामिछाने, अस्मिता कार्की र युवराज कँडेलका कारण आ*त्म*ह*त्या गर्ने अवस्था बनेको आ*रोप लगाएका छन् । भिडियो सार्वजनिक भएपछि प्रहरीले तीनै जनालाई अनुसन्धानका लागि भन्दै प*क्राउ गरेको थियो । उनीहरुमाथि अनु*सन्धान गर्न भन्दै अदालतले प्रहरीलाई दुईपटक गरेर १० दिनको समय उपलब्ध गराएको छ ।

यस्तो छ कट्टेलको पूरा स्टाटस:

अदालतले अनुसन्धानको लागि भन्दै ५ दिनको म्याद थपेको अवस्थामा हामी सबैको एउटै आवाज हो, निष्पक्ष छानबिन । सबैको आवाज ‘दो*षि नउम्कियोस्, निर्दोष नफसोस्’ भन्ने नै हो । पत्रकार स्व.शालिकराम पुडासैनीको आ*त्म*ह*त्या (पो*ष्ट*मा*र्ट*म रिपोर्ट अनुसार) संगै भ्र*ष्टाचार, अन्या*य, ढिलासुस्ती र अनियमितताका वि*रुद्ध र दुःखीपीडितको पक्षमा वकालत गर्ने निर्भिक व्यक्तित्व रवि लामिछाने दाई अनुसन्धानका लागि प*क्राउ परेपछि उत्पन्न परिस्थितीले हामी सबै दुःखी बनेको अवस्था हो ।

समाज परिवर्तनका लागि सकारात्मक कार्यहरु गर्ने कोही पनि अन्यायमा पर्नु भनेको न्याय क्षेत्रमाथी नै प्रश्नचिन्ह उठ्ने वातावरण बन्नु हो । आशा गरौं, शालिकराम पुडासैनीको परिवारले समेत न्याय पाउने वातावरण सिर्जना गर्न अनुसन्धानमा अब्बल मानिने नेपाल प्रहरी सफल हुनेछ र सत्यको जित हुनेछ।

साथै घ*टनालाई अतिरञ्जित नबनाई सत्यतथ्य छिटो भन्दा छिटो सार्बजनिक गर्नका लागि अनुसन्धानरत पक्षसँग अनुरोध गर्दछु ।

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *