रवि लामिछानेको रिहाइ र चितवनका एसपी फेर्नुपर्ने माग

रवि लामिछानेको रिहाइ र चितवनका एसपी फेर्नुपर्ने माग

पाेखरा । पत्रकार रवि लामिछानेको बिना शर्त रिहाइको माग गर्दै पोखरामा आज बिहिवार पनि प्रर्दशन गर्न लागिएको रवि लामिछाने सर्मथकहरु बताउँछन् ।

न्युज २४ टिभीको कार्यक्रम सिधाकुरा जनतासँगका प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेललाई संचार गृहबाटै गैह्रकानुनी हिसाबले प्रहरीले हिरासतमा लिएको भन्दै पोखरामा पनि प्रदर्शन गर्दै आएको रवि लामिछाने सर्मथक टोलीका संयोजक सोभित ठकुरीले जानकारी दिए ।

गत शनिबारबाट शुरु भएको वि*रोध कार्यक्रममा रवि लामिछानेलाई बिनाशर्त रिहाई गर्नुपर्ने, छानबिन निष्पक्ष गरिनुपर्ने तथा चितवन प्रहरी प्रमुखको ठाउँमा अर्का प्रहरी प्रमुख खटाएर अनुसन्धान अगाडि बढाउनुपर्ने माग उनीहरुले राखेका छन् ।

पोखरामा लगातार भैरहेको रवि लामिछाने सर्मथनको कार्यक्रममा सयौको संख्यामा उपस्थिति रहँदै आएको र सरकारले माग सुनुवाई नगरे अझै कडा विरोधमा उत्रीने कार्यक्रम रहेको उनीहरुले जनाएका छन् ।

बिहीबार पोखराको पृथ्वीचोकमा ठीक- ५ बजे कार्यक्रम गर्ने सर्मथकहरुले बताएका छन् । आज हुने कार्यक्रममा पोखराका न्यायप्रेमी जनतालाई कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाउन उनीहरुले अपिल गरेका छन् ।

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *