काठमाडौँको जोरपाटीमा भयो सबैको होस उडाउने यस्तो डरलाग्दो घटना

काठमाडौँको जोरपाटीमा भयो सबैको होस उडाउने यस्तो डरलाग्दो घटना

काठमाडौं । प्रेम सम्बन्धपछिको विवाहले डरलाग्दो रुप लिएको छ । काठमाडौँको जोरपाटीमा डेरा गरि बस्ने २५ वर्षकी शिला घलेले आफ्नै २४ वर्षीय श्रीमान जालमान स्याङ्तानको चक्कु प्र’हार गरि ह’त्या गरेकी छिन् ।

गोकर्णेश्वर नगरपालिका–६ पुरानो शान्त भवन बस्दै आएका स्याङ्तानलाई सामान्य घरायसी विवादको क्रममा शिलाले तरकारी काट्ने चक्कुले छातीमा प्र’हार गर्दा ज्यान गएको हो । छिमेकीका अनुसार सधै घर झगडा भइरहने र शिलालाई धेरै रिस नगर्न आग्रह गर्दै आएको बताए ।

घटना घट्ने दिन पनि शिला र जालमानको झगडा भएको र दुई मुक्का जालमानले हानेपछि शिलाले जवाफमा चक्कु प्र’हार गरेको छिमेकी बताउँछन् ।

चक्कु प्र’हारबाट शक्त घाइते भएका जालमानलाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । त्यसपछि श्रीमती शिलालाई प्रहरीले पक्राउ गरि अनुसन्धान अगाडी बढाएको छ ।

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *