कुलेन्द्र बिश्वकर्माले दिए प्रकाश सपुतलाई झड्का ! हिट हुनुभन्दा पहिला म कामी हुँ म दमाई हुँ भन्न सक्नुपर्छ – हेर्नुहोस् भिडियो

कुलेन्द्र बिश्वकर्माले दिए प्रकाश सपुतलाई झड्का ! हिट हुनुभन्दा पहिला म कामी हुँ म दमाई हुँ भन्न सक्नुपर्छ – हेर्नुहोस् भिडियो

कुनै समय लोक गीत भन्ने बित्तिकै नाक खुम्चाउने समाजले यतिबेला खोजी खोजी लोकदोहोरी गीत सुन्न थालेको छ । गीत संगीतलाई आ-आफ्नै तरिकाले खण्डन गरेपनि बालक देखि वृद्धाले सुन्ने भनेकै लोक दोहोरी गीत हो । पर्वतका होनाहार चर्चित लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा विगत लामो समयदेखि लोकदोहोरी क्षेत्रमा संघर्ष गरेर यहाँसम्म आइपुगेका गायक हुन् ।उनको अौलामा गनिने धेरै गीतहरु अहिलेपनि खोजि खोजि सुन्ने गरेको पाइन्छ,

(जोगिको भेसैमा , डाँडै फुर्के सल्लो ) लगायत दर्जनौं गीत गाएर सबैको मन मनमा बस्न सफल गायक कुलेन्द्र विश्वकर्माले पछिल्लो समय गाएका ‘सालको पात टपरी हुने’ गीतले लोकदोहोरी क्षेत्रमै नयाँ रेकर्ड पनि कायम गरेको छ ।हाम्रो देश, समाज र गाउँ बस्ती टोलटोलमा अझै पनि जातीय भेदभाव अन्त्य हुन सकेको छैन ।

‘जातीयताकै बिषयलाई लिएर बेला बेला सांगीतिक बजारमा पनि ठुलै वितण्डा मच्चिरहेको हुन्छ ।,सन्दर्भ
आज एक कार्यक्रममा अतिथि बनेर सहभागी हुन पुगेका गायक कुलेन्द्र विश्वकर्माले जातीयताको बिषयमा खुलेरै ब्याख्या गरे’, ‘उनले ब्याख्या मात्र गरेनन् नामको पछाडि उपनाम राखेर आफ्नो जात लुकाउनेहरुलाई चोटिलो प्रहार समेत गरेका छन् ।

“गर्भका साथ कामी दमाई सार्की हुँ भनेर भन्न सक्नुु हुन्न भने सडकमा जातीय भेदभाव भयो भनेर नआउनुस्”पुख्र्यौली पेसा सुन बनाउने भएपनि आफुले नामको पछाडि सुनार नलेखि कामी लेखेको बताउँदै, अरुलाई पनि गर्भका साथ आफ्नो जात लेख्न अनुरोध गरेका छन् । बोल्दा बोल्दै उनले प्रकाश सपूतको नाम लिएर सपूत कपूत लेखेर अगाडि नबढौ भनेर कटाक्ष समेत गर्न भ्याए ।

विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जालको कार्यक्रममा कुलेन्द्र विश्वकर्मा लगायत युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा , अर्जुन रसाइली , गायक प्रकाश सपूत , रवि ओड अतिथि बनेर पुगेका थिए । >>हेर्नुहोस् भिडियो सहित

कुलेन्द्र बिश्वकर्माले दिए प्रकाश सपुतलाई झड्का ! हिट हुनुभन्दा पहिला म कामी हुँ म दमाई हुँ भन्न सक्नुपर्छ

Slået op af Netkhabar i Mandag den 12. august 2019

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *